भाेलिदेखि उपकार लघुवित्तको आईपीओ विक्री खुला
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | ११:४७:०० मा प्रकाशित
काठमाडाैं । भाेलिदेखि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरको रू. २ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
सर्वसाधारणका लागि निष्काशन गरिने कुल कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।
यो आईपीओ खरीदका लागि छिटोमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा २०७९ वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ । तर पछिल्लो समय आईपीओमा परेको आवेदनको प्रबृति हेर्दा यो आईपीओ छिटो अवधिभित्र मात्र विक्रीमा रहने सम्भावना देखिन्छ । आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेबसाइट र एपबाट पनि आईपीओ खरीदको लागि आवेदन दिन सकिने जनाइएकाे छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल रू. ४ करोड २० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात यो पूँजी रू. ६ करोड ५६ लाख २५ हजार पुग्नेछ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक विवरण अनुसार कम्पनीको सञ्चित नाफा रू. ५ करोड ९२ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १४० र प्रतिशेयर नेटवर्थ रू. ४०३ दशमलव ९१ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्मको मूल्य रेञ्ज पाउने व्यवस्था बमोजिम कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि रू. ४०३ दशमलव ९१ देखि रू. १ हजार २११ दशमलव ७३ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस