चुनावी तालमेलबारे रिपोर्ट बुझाउन २६ गतेसम्मकाे समय
- गाउँ सहर संवाददाता
- २३ चैत बुधबार, २०७८ | १९:५५:०० मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले चुनावी तालमेलका लागि स्थानीय तहको अवस्थाबारे २६ गतेभित्र रिर्पोट बुझाउन निर्देशन दिएको छ ।
बुधबार समितिका संयोजक रामचन्द्र पौडेले नेतृत्वमा बसेको बैठकले प्रदेश, जिल्ला लगायत चुनावी तालमेल संयन्त्रलाई रिर्पोट बुझाउन निर्देशन दिएको हो ।
माओवादीका नेता देव गुरुङले भने- “तल्लो तहमा विभिन्न संयन्त्र बनेका छन् । बैठक बसेर त्यहाँको स्थितिका बारेमा रिर्पोट कलेक्सन गरेर २६ गतेभित्र पठाउने भन्ने कुरा भएको छ ।”
गठबन्धनले पालिकासम्म चुनावी तालमेल संयन्त्र बनाउने तयारी गरेको छ ।
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको केहीदिन अघि बसेको बैठकले चुनावी तालमेल गरेर जाने निर्णय गरेको थियो । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस