मतदाताले यसपाली परिवर्तनको पक्षमा मतदान गर्नेछन् : लावती
- गाउँ सहर संवाददाता
- २२ चैत मंगलबार, २०७८ | १९:३२:०० मा प्रकाशित
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले आगामी स्थानीय निर्वाचनमा आम मतदाताले परिवर्तनको पक्षमा मतदान गर्ने दावी गरेका छन् ।
‘मतदाताको प्राथमिकता र मतदान गर्ने शैलीमा यस पटक परिवर्तन आउने छ । भ्रष्टाचार, बेथीति र फोस्रो नाराबाट आजित जनताले विकल्प चाहेका छन् । यसकारण विगतको मतदाता मनोविज्ञानलाई मात्र आधार मान्नु गल्ती हुने छ,’ प्रवक्ता लावतीले भने ।
राप्रपा नेता लावतीले सबै स्थानीय तहमा राप्रपाले उम्मेद्वारी दिने बताए । यसै अनुरुप देशव्यापी तयारी जारी रहेको उनको भनाइ थियो ।
मिक्लाजुङ–२ मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लावतीले यो विचार राखेका हुन् ।
राप्रपा भ्रष्टाचारमुक्त प्रशासन, सामाजिक विकास, रोजागर सिर्जना र आय आर्जनको पक्षमा उभिने उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस