आईसीसी महिला विश्वकपको उपाधि अष्ट्रेलियाले जित्याे
- गाउँ सहर संवाददाता
- २० चैत आइतबार, २०७८ | १४:४४:०० मा प्रकाशित
काठमाडौं । फाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै सन् २०२२ संस्करणको आईसीसी महिला विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ ।
क्रिष्टचर्चमा भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्यो । अष्ट्रेलियाले यो सहित ७ पटक विश्वकप जितेको हो ।
विश्वकपका सबै ९ खेलमा अष्ट्रेलिया अपराजित रहँदै च्याम्पियन बनेको हो ।
३ सय ५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३ ओभर ४ बलमा २ सय ८५ रन बनाउँदा अलआउट भयो । इंग्ल्यान्डकी नाट सिभरले शतकीय इनिङ खेलेपनि जित दिलाउन सकिनन् । उनी १ सय २१ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ४८ रनमा अविजित रहिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५७ रन बनायो । उसको ठुलो स्कोरमा एलेस्या हिएलेले १ सय १७ रनको शतकीय इनिङ खेलिन् ।
यसअघि अष्ट्रेलियाले सन् १९७८, सन् १९८२, सन् १९८८, सन् १९९७, सन् २००५ र सन् २०१३ मा विश्वकप उपाधि जितेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस