राजनीति
स्थानीय तहको निर्वाचनमा देशभरका मतगणनास्थलमा सीसीटिभी क्यामेरा राखिने
- गाउँ सहर संवाददाता
- १८ चैत शुक्रबार, २०७८ | १०:३७:०० मा प्रकाशित

काठमाडाैं । वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतगणनास्थलमा सीसीटिभी क्यामेरा राखिने भएको छ ।
मतगणनास्थलमा सीसीटिभी क्यामेरा राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै पालिकाहरुलाई अनुरोध गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
विभिन्न पालिकाहरुमा सीसीटिभी क्यामेरा जडान भइरहेको र कतिपय पालिकाहरुले जिज्ञासा राखेको उनको भनाइ थियो । कति निर्वाचन स्थलमा क्यामेरा जडान गरियो भन्ने पूर्ण विवरण प्राप्त नभएको भए पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए ।
दुर्गम स्थानका मतदानस्थलमा बत्ती, इन्टरनेटको सुविधा नहुने भएकाले उक्त स्थानमा भने सीसीटिभी क्यामेरा राख्न सम्भव नभएको उनले जनाए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस