रामेछाप लिखु-तामाकोशी गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- गाउँ सहर संवाददाता
- १७ चैत बिहीबार, २०७८ | १७:४१:०० मा प्रकाशित

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष, कार्यकारी अधिकृत, लेखापाल र उपभोक्ता समितिका पदाधिकारीसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेको मुद्दामा चार करोड २१ लाख बिगो दाबी गरिएको छ । उपभोक्ता समितिमार्फत काम गर्दा अध्यक्ष, कार्यकारी अधिकृत, वडा अध्यक्षसहितको संलग्नता देखिएको आयोगको दाबी छ ।
अख्तियारले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काविरुद्ध चार करोड २१ लाख, तत्कालीन प्रमुख पर्शासकीय अधिकृत राजुप्रसाद न्यौपानेविरुद्ध एक करोड १२ लाख ८२ हजार, तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङविरुद्ध एक करोड २६ लाख ७५ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित बिगो दाबी गरेको छ ।
उपभोक्ता समितिका अध्यक्षसहितका पदाधिकारी पनि भ्रष्टाचारमा मुछिएको आयोगको दाबी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस