गाउँ सहर
टिपरको ठक्करबाट सुन्दरीजलमा दुई स्कूले बालिकाको मृत्यु, बाबु घाइते
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | १२:१०:०० मा प्रकाशित
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कूले बालिकाको मृत्यु भएको छ ।
स्थानीय वर्ल्ड युथ इन्टरनेशनल स्कूलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो ।
घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कूल लैजाँदै गर्दा बा. ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको र उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । दुर्घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घाइते बुबाले । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
प्रतिकृया दिनुहोस