उपकार लघुवित्त वित्तीय संस्थाकाे आईपीओ निष्कासन मिति ताेकियाे
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | ११:४७:०० मा प्रकाशित

काठमाडाैं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने मिति तय गरेको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्कान गर्न लागेको हो । जसमध्ये जारी पूँजीको शुन्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता शेयर कर्मचारी तथा ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरीएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर सार्वजनिक निष्कासन गरिने जनाइएकाे छ ।
उक्त शेयरमा चैत २५ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिका माग अनुसार आवेदन पर्न नसके बैशाख ९ गतेसम्म समय थप गरिने छ । तर, यसअघि आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा यो आईपीओ चैत २९ गतेनै बन्द हुनेछ ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासनका लागि चैत ७ गते अनुमति दिएको थियो । कम्पनीको अधिकृत पूँजी ८ करोड रहेको छ भने जारी पूँजी ६ करोड ३६ लाख २५ हजार र चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । हाल संस्थापकतर्फ ६४ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३६ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस