खड्का चुनावी कमान्डर, महत प्रचार समिति संयाेजक, संसदीय बोर्ड गठन हुन सकेन
- गाउँ सहर संवाददाता
- १५ चैत मंगलबार, २०७८ | १७:५८:०० मा प्रकाशित

काठमाडौं । कांग्रेसले स्थानीय तहको चुनावी कमान्डर उपसभापति पूर्णबहादुर खड्कालाई तोेकेको छ । खड्काको नेतृत्वमा चुनाव परिचालन समिति बनाउने तयारी छ ।
पदाधिकारी बैठकले यो प्रस्ताव तयार पारेको हो । उक्त प्रस्ताव केन्द्रीय समितिमा पेस हुँदैछ । त्यस्तैगरी चुनावी प्रचार प्रसार समितिको नेतृत्व भने प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा बनाउन लागिएको छ ।
कांग्रेसको केन्द्रीय समिति बैठक संसदीय समिति (बोर्ड) नै गठन नगरी सकिएको छ ।
केन्द्र, प्रदेश र स्थानीय तहमा निर्वाचन लड्ने उमेदवारहरूका विषयमा निर्णय गर्ने कांग्रेसको वैधानिक संस्था संसदीय समिति यही चैत १५ भित्र बनाउने तयारी थियो ।
तर, तोकिएकै दिन मंगलबा बसेको केन्द्रीय समिति बैठकमा संसदीय समितिमा रहने सदस्यका विषयमा विवाद भएपछि संसदीय समिति गठन नै थाती राखेर सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक टुंग्याएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस