स्माटच्वाईस टेक्नोलोजिज र एन.आइ सी एसिया बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता
- गाउँ सहर संवाददाता
- १५ चैत मंगलबार, २०७८ | १६:१२:०० मा प्रकाशित

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र राष्ट्रिय स्तरको 'क' वर्गको वाणिज्य बैंक एन.आइ सी एसियाबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सन्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
राजधानी काठमाडौंमा मङ्लबार आयोजित विशेष कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एन.आइ सी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालन सम्बन्धी उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात बिभिन्न व्यापार—व्यवसाय गर्दै आएका व्यवसायिहरूले एन.आइ सी एसिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोवारको भुक्क्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो छ ।
बिगत २० वर्षदेखि विभिन्न भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र एन.आइ सी एसियावीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको जनाइएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस