मन्थली नगरपालिकाको प्रमुखमा कांग्रेस नेता भट्टराईले उम्मेद्वारी दिने
- गाउँ सहर संवाददाता
- १५ चैत मंगलबार, २०७८ | ०७:३२:०० मा प्रकाशित
रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता युवराज भट्टराईले वैशाख ३० गते हुन लागेकाे स्थानीय निर्वाचनमा मन्थली नगरपालिकाकाे प्रमुख पदमा उम्मेद्वारी दिने घाेषणा गरेका छन् ।
मन्थली नगरपालिका -२ मा कांग्रेसले आयोजना गरेको "घर घर जाउँ कांग्रेस जिताऔं" अभियान कार्यक्रमलाई आईतबार संवोधन गर्दै भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
पञ्चायत विरुद्ध २०४६ सालको जलआन्दोलन ताका सक्रिय नेता भट्टराई अहिले पनि रामेछापमा संगठन निर्माणमा क्रियाशील छन् । जनआन्दोलन उत्कृर्षमा पुग्नै लागेको बेला उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो ।
मन्थली कठजोर निवासी भट्टराई नगरप्रमुखकाे बलियाे दाबेदार मानिन्छन् ।
कठजोर, सालु र सुनारपानी क्षेत्रमा कांग्रेसका अन्य उम्मेदवार भन्दा उनले बढी मत पाउने अवस्था रहेको कार्यकर्ताहरु बताउँछन् ।
यसअघि शनिबार चनखुमा आयोजित कार्यक्रममा जिल्ला सचिव तथा मन्थली नगरपालिकामा अघिल्लाे पटक उम्मेद्वारी दिएका विनाेद कार्कीले पनि नगर प्रमुख पदका लागि आफ्नो उम्मेद्वारी हुने घोषणा गरिसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस