बीमा अभिकर्ता पेशामा युवाकाे आकर्षण बढ्दाे
- गाउँ सहर संवाददाता
- १४ चैत सोमबार, २०७८ | १३:५९:०० मा प्रकाशित

गत माघ १२ गते १९ औँ वर्ष पुरा गरेका किरण गाैतमकाे इच्छा पनि धेरै टिनएजरकाे जस्तै प्लस टु पासपछि विदेश पढ्न जाने र उतै सेटल हुने थियाे । प्लस टु पास गरिसकेपछि किरणले पढ्नकाे लागि क्यानाडा एप्लाइ गरे । भिषा पनि लाग्याे । तर, किन हाे किन उनलाई देश र आमाबुबाकाे मायाले विदेश जानै मन लागेन । हुन पनि हाे, परिवारकाे एक्लाे छाेराे नेपालमा केही गर्ने इच्छा जाग्याे । पारिवारिक पेशा व्यापार भएपनि उनकाे ध्यान बीमा क्षेत्रतर्फ तानियाे । विद्यालयमा हुँदा बीमा के हाे भन्ने मात्र बुझेका किरण आफु बीमा क्षेत्रमा पुग्नुमा सिनयर र एजेन्सी मेनेजर भेषराज भट्टराई तथा एजेन्सी मेनेजर राजेश पाैडेललाई विशेष धन्यवाद दिन चाहन्छन् । उहाँहरूकाे प्रेरणाले बीमा क्षेत्रमा प्रवेश गर्न सजिलाे भएकाे र सिटिजन लाइफले अवसर दिएकाे बताउँछन् ।
किरण गत वर्षदेखि सिटिजन लाइफ इन्स्याेरेन्समा आवद्ध भएर अहिले एजेन्सी मेनेजरकाे पदमा कार्यरत छन् । आफ्नाे एजेन्सी टीममा रहेका लिडर्सहरू पनि टिनएजर नै रहेकाे र उस्तै उमेर भएकाहरूसँग मिलेर काम गर्दा अझ बढि उत्साहित छन् उनी । याे एक वर्षकाे अवधिमा धेरै महत्वपूर्ण उपलब्धी हासिल गरिसकेका उनले आगामी दिनमा अझ धेरै उपलब्धि हासिल गर्नेमा विश्वस्त छन् । गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनी कर्पाेरेट क्लब अन्तर्गत गाेल्ड क्लब मेम्बरसीप प्राप्त गरेका उनले अभिकर्ताकाे सर्वाेच्च संस्था MDRT (मिलियन डलर राउण्ड टेवल) काे पनि सदस्यता प्राप्त गरिसकेका छन् । आगामी जुनमा हुने MDRT काे ग्लाेबल कन्फ्रेन्स अमेरिकामा भाग लिन जाने तयारीमा रहेका उनी दाेस्राे ग्लाेबल कन्फ्रेन्स अगष्ट महिनामा अष्ट्रेलियाकाे सिड्नी पनि जाने बताउँछन् । यस्ताे किसिमकाे कन्फ्रेन्सले आफूमा अझ बढि उर्जा थपिने उनकाे भनाइ छ । आगामी लक्ष्य MDRT काे काेर्ट अफ द टेबल रहेकाे पनि उनले जानकारी गराए । उनलाई देखेर एजेन्सी पेशामा आउने युवा पुस्ता पनि धेरै छन् ।
यस पेशामा आउने धेरै युवाकाे ध्यान नगएकाे उनकाे भनाइ छ । गाँस, बास र कपाससहित इन्स्याेरेन्स पनि जरूरी भएकाेले धेरै पुस्ता एजेन्सी पेशामा आवद्ध भएभने नाम, दाम, र सम्मान पाउने र इन्स्याेरेन्सकाे अवधारणामा पनि परिवर्तन हुने उनकाे विचार छ । हाल मासिक एकलाख पचास हजारसम्म इन्स्याेरेन्सबाट कमाउने किरण कम्पनीबाट प्राप्त सुविधामा यामाहाकाे महँगाे स्टाइलिस माेटरसाइकल चढ्छन् । आगामी लक्ष्य कम्पनीले प्रदान गर्ने सुविधाकाे गाडी चढ्ने रहेकाे बताउँछन् ।
सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीका सिइओ पाेषकराज पाैडेललाई बीमा क्षेत्रकाे आदर्श मान्ने किरण बीमा क्षेत्रमा युवा पुस्ता प्रवेशले दंग छन् र भन्छन्- 'पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन, मेहेनत गरे नेपालमै कमाउन सकिन्छ ।'
बीमा क्षेत्रमा काम गर्दा गर्दै आजकाल उनी समाज सेवामा पनि सक्रिय छन् । हाल उनी रोट्याक्ट क्लब अफ दमक २०२२/२३ काे प्रेसिडेन्ट रहेका छन्, बीमा तथा समाज सेवामा लाग्न परिवारकाे महत्वपूर्ण सहयाेग रहेकाे बताउँछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस