बस दुर्घटनामा चार जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते
- गाउँ सहर संवाददाता
- १३ चैत आइतबार, २०७८ | १३:३९:०० मा प्रकाशित

काठमाडाैं । बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोलाकाे पुलमा आइतबार मध्यान्ह बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे । २५ जनाभन्दा बढी घाइते भएका छन् । वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना. ४ ख ८५५५ नम्बरको बस लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ ।
घाइतेहरूलाइ दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि लालबन्दीको मोडेल र गढिमाई अस्पताल ल्याइएको स्थानीयले बताएका छन् । चार जनालाई भने चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार मृतकहरुको सनाखत भइसकेको छैन् । घाइतेको उद्धार गरी लालबन्दीका विभिन्न अस्पतालमा ल्याइएको छ । गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र रेफर गर्ने क्रम भइरहेको अस्पतालले जनाएको छ । दुर्घटनामा बस चालक घाइते भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएकाे छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस