अर्थतन्त्र

सुनकाे मूल्य एकैदिन ताेलामा ११ सयले घट्याे

काठमाडाैं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ३ सयमा कारोबार भएकोमा आज तोलामा ११ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । मंगलबार सुनको मूल्य तोलामा ८ सयले बढेको थियो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ पुगेको छ । 

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३९५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३७० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएको छ ।  

गाउँ सहर संवाददाता