काठमाडाैं । सडक दुर्घटनामा अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको छ । तेलेगु अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको भारतीय मिडियाले जनाएका छन् । दुर्घटना हैदराबादको गच्चीबोली क्षेत्रमा भएको थियो ।
उनी साथीसँग कारमा यात्रा गरिरहेकी थिइन् । दुर्घटनामा उनको साथीको पनि निधन भएका छ । कार उनको साथीले चलाएकी थिइन् । कार सडक डिवाइडरसँग ठोकिएर दुर्घटना भएको एजेन्सीले बताएकाे छ ।
२६ बर्षीय अभिनेत्री गायत्री वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । गायत्री आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन् । यसको अलवा उनले कयौ सट फिल्ममा समेत काम गरेकी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस