राजनीति
स्थानीय तहको निर्वाचन निष्पक्ष ,भयरहित वातावरणमा निर्धारित समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा
- गाउँ सहर संवाददाता
- ७ चैत सोमबार, २०७८ | १३:४०:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्ष ,भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ७ को प्रशासनिक भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले अगामी स्थानीय तहको निर्वाचन निष्पक्ष ,भयरहित वातावरणमा निर्धारित समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले निर्वाचनको मिति कुनै पनि हालतमा तलमाथि नहुने भन्दै निर्वाचन आयोगलाई सरकारले भरपुर सहयोग गरिरहेको बताए ।
प्रधानमन्त्री देउवाले स्थानीय तहले जनभावना अनुरूप काम गर्नुपर्नेमा जोड दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस