गाउँ सहर

प्रधानमन्त्री देउवाद्वारा सुन्दरहरैचा नगर अस्पतालको भवन उद्घाटन

मोरङ । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ मा स्थापित सुन्दरहरैचा नगर अस्पतालको आज उद्घाटन गरेका छन् ।

१० कठ्ठा जग्गामा निर्माण गरिएको सो अस्पताल ३५ शय्याको रहेको छ । अस्पताल उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले अस्पतालका लागि जग्गा दान गर्ने दाताहरूलाई सम्मान पनि गर्नुभयो गरेका छन् ।

गाउँ सहर संवाददाता