कम्युनिस्ट नेताहरु जनतासामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर छन् : काँग्रेस नेता सिंह
- गाउँ सहर संवाददाता
- ६ चैत आइतबार, २०७८ | १२:४६:०० मा प्रकाशित

काठमाडाैं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्टहरुको दोधारे कुराले जनतामा गलत सन्देश गएको जिकिर गरेका छन् । आज नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर १ को ‘घर घर जाऊ काँग्रेस जिताउ अभियान’ अन्तर्गत बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले कम्युनिस्टले फैलाएको भ्रमलाई चिर्न घरघरमा पुगेर नागरिकलाई बुझाउनुपर्ने बताएका छन् ।
उनले भने - ‘कम्युनिस्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गएकाले त्यस्ता गलत हल्ला को विषयमा नागरिकसामु गएर बुझाउनु पर्ने अवस्था आएको छ ।’ ‘कम्युनिस्ट नेताहरु जनतासामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेका छन् ।’
यो कुरा बुझाउन काँग्रेस लागिपर्नुपर्नेमा उनको जोड छ । सिंहले जुनसुकै छिमेकी मुलुकले दिने सहयोग देश र जनताको हितमा छ भने स्वीकार गर्न सकिने बताएका छन् । अर्को प्रसंगमा उनले चुनाव नजिकिँदै गर्दा टिकटको आशा राख्नु स्वाभाविक भएपनि उमेदवार हुन टिकट पाउन पार्टीको वैधानिक प्रक्रिया सबैले पालना गर्नुपर्ने जनाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस