वातावरण

पहाडमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा, हिमालमा हिमपात, अन्य भू-भागमा मौसम सफा

काठमाडाैँ । आज २०७८ चैत्र ६ गते आइतबार, जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसरी नै राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली,  बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा सामान्यतया मौसम सफा रहने छ । देशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाे विभागले बताएकाे छ ।

गाउँ सहर संवाददाता