काठमाडाैं । स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि दुई दिन उम्मेदवारी दर्ता गर्न समय छुट्याएको हो । १२ गते नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ । १३ गते उम्मेदवारको विरोधमा उजुरी दिन समय छुट्याइएको आयोगले जानकारी दिएकाे छ ।
आयोगले १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरेर निर्णय गर्ने बताएकाे छ । उम्मेदवारले आफ्नो नाम फिर्ता गर्न चाहेमा वैशाख १६ गते गर्न सक्नेछन् ।
आयोगले उम्मेदवारको अन्तिम नामावली १६ गते प्रशासन गर्नेछ भने १७ गते चुनाव चिन्ह प्रदान गर्ने तालिका बनाएको आयोगले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस