मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना : २ जनाको मृत्यु, ९ जना घाइते
- गाउँ सहर संवाददाता
- ४ चैत शुक्रबार, २०७८ | ११:०८:०० मा प्रकाशित

काठमाडाैं । यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको हाे । दुर्घटनामा ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको एलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालित भइ गद्दारको काम भइरहेको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।
उनले तत्काल क्षतिको एकीन गर्न समस्या भएको र बसमा कति यात्रु थिए भन्ने बारेमा पनि जानकारी भइनसकेको बताए । दुर्घटनाको प्रारम्भिक अवस्था र घाइतेको अवस्था बुझ्दा मृतकको संख्या बढ्न सक्ने उनको भनाई छ । घाइते ९ जनाको उद्दार गरी उपचारका लागि चितवन तर्फ पठाइएको उनले बताए ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस