फरक- फरक सवारी दुर्घटनामा दुई जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २ चैत बुधबार, २०७८ | १३:२५:०० मा प्रकाशित

काठमाडाैं । सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१५ बिजेश्वरीस्थित सडकमा बा.८५ प ५०६० नम्बरको मोटरसाइकल र बा.४९ प ६१२३ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटनामा हुँदा स्कुटर चालक नागार्जुन नगरपालिका-१ रानीवन बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ३५ वर्षीय हरी दुवाडीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।
त्यसैगरी, नवलपरासी (पूर्व) देवचुली नगरपालिका-१५ धौलागिरी चोकमा लु.१ ख ४३१९ नम्बरको बस र ना.६ ख १७२१ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा बसमा सवार रूपन्देही घर भएकी ३७ वर्षीया मायादेवी पाण्डेको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । बस र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस