अर्थतन्त्र

निरन्तर घट्दै सुनचाँदीकाे मूल्य, कति छ आजकाे बजार भाउ ?

काठमाडाैं । नेपाली बजारमा केही दिन यतादेखि सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ५ सयमा कारोबार भएकोमा आज तोलामा १२ सयले घटेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । मंगलबार पनि सुनको मूल्य तोलामा १८ सयले घटेको थियो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३७० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएको छ ।

गाउँ सहर संवाददाता