डा. शशांक कोइरालाले गरे यस्ताे घाेषणा
- गाउँ सहर संवाददाता
- २ चैत बुधबार, २०७८ | १०:२७:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।
नेपाली कांग्रेस नवलपुरको ‘घर घर जाऊ काँग्रेस जिताऔं’ अभियानको कार्यक्रममा सहभागी हुन गृहजिल्ला नवलपुर आएका कोइरालाले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘तीन पटक नवलपुरबाट जितेँ, अब मोरङ, सुनसरी, झापा तिरबाट चुनाव लड्नु पर्यो भन्ने कुरा आएको छ । तर, म नवलपुरबाट नै चुनाव लड्छु भनेको छु ।’
नवलपुरको विकासको सपना आफूले पूरा गर्न बाँकी रहेकाले पनि चौंथो पटक आफू यही क्षेत्रबाट चुनाव लड्ने कोइरालाले बताउनुभयो। आफूले देखेको सपना पूरा गर्न सरकारले मात्रै नसक्ने भएकाले दातृ राष्ट्रसँग आफूले पहल गरेको उहाँको भनाइ छ। नवलपुरको सपना पुरा गरेपछि मात्रै राजनीतिबाट अवकाश लिने कोइरालाले बताए ।
यस्तै नवनिर्वाचित सभापति महेन्द्र ध्वज जिसीले जिल्लामा कुनै पनि मुद्दामा कांग्रेसलाई तल पर्न नदिएर आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउने प्रतिवद्धता जनाए ।
कांग्रेस जिल्ला कार्यसमितिको पहिलो बैठकले पार्टीको कोषाध्यक्षमा राजकुमार महतो सर्वसम्मत रुपमा चयन भएका छन् । नेपाली कांग्रेसको विधान अनुसार निर्वाचित जिल्ला कार्यसमिति सदस्य मध्येबाट सभापतिको प्रस्तावमा जिल्ला कार्यसमितिले कोषाध्यक्षको चयन गर्ने व्यवस्था रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस