स्वास्थ्य

साेमबार उपत्यकामा २६ जना काेराेना संक्रमित थपिए

काठमाडाैं । बितेकाे २४ घण्टामा उपत्यकामा २६ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । 

मन्त्रालयका अनुसार काठमाडौँमा २५ र ललितपुरमा १ जना संक्रमित थपिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज १४८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित रहेका छन् ।

बितेकाे चौबीस घन्टामा ३ हजार ५३९ पीसीआर तथा १ हजार ८७९ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता