पश्चिम युक्रेनमाथि रूसी सेनाकाे हमला तीव्र, युक्रेनी सैन्य आधार शिविरमा हवाई आक्रमण
- गाउँ सहर संवाददाता
- २९ फाल्गुण आइतबार, २०७८ | १३:०३:०० मा प्रकाशित
काठमाडाैं । रुसी सेनाले पोल्याण्डको सीमा नजिक रहेको लिभ शहरको सैनिक छाउनीमा क्षेप्यास्त्र हमला गरेको छ ।
युक्रेनको उत्तर, उत्तरपूर्वी र दक्षिणतिरबाट आक्रमण गरेपछि पश्चिम युक्रेनमाथि कुनै हमला गरेको थिएन ।
सीएनएनका अनुसार स्थानीय समय अनुसार विहान ६ बजे रुसले आठवटा क्षेप्यास्त्र हमला गरेको हाे । मानवीय क्षतिबारे स्थानीय प्रशासनले खोजीकार्य जारी गरेको बताइएकाे छ ।
लिभ शहर विश्व सम्पदा सूचीमा सूचीकृत भएको सांस्कृतिक शहर हो ।
यसैबीच, अलजजिराका अनुसार लिभभन्दा पनि पश्चिमतिर पोल्याण्डको सीमा नजिक रहेको सानो शहर याभोरिभमा रहेको युक्रेनी सैन्य आधार शिविरमा हवाई आक्रमण गरेको छ ।
पश्चिमी युरोपको प्रमुख नाकामा रहेको यस लिभ हुँदै याभोरिभबाट लाखौं शरणार्थीहरुले युक्रेन छाडेका थिए ।
उता, पोल्याण्ड, स्लाभाकिया, हंगेरी र रुमानिया नजिक रहेको दक्षिण पश्चिम युक्रेनी शहर इभानो फ्राकिभ्समा रहेको अन्तराष्ट्रिय विमानास्थलमा पनि रुसी हमला तीव्र भएको छ ।
यसैबीच, दुईदिन अघि पश्चिमी युक्रेनमाथि हमला तेज गर्दै रुसी सेनाले लुस्कस्थित अन्तराष्ट्रिय विमानास्थल कब्जामा लिएको थियो ।
भोल्यन क्षेत्रका गभर्नरका अनुसार रुसले चारवटा क्षेप्यास्त्र प्रहारपछि दुईजना मारिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस