एमसीसी पास नभए पार्टीबाट राजीनामा दिन्छु, ढुक्क हुनुहोला : प्रचण्ड
- गाउँ सहर संवाददाता
- २९ फाल्गुण आइतबार, २०७८ | ११:४२:०० मा प्रकाशित

काठमाडाैं । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तर्कबिना नेकपा एमालेले प्रतिनिधिसभा चल्न नदिएको बताएका छन् । प्रदेश १ मा जारी भेलालाई सम्बोधन गर्दै उनले कुनै तर्कबिना केपी ओली नेतृत्वको एमालेले सदन चल्न नदिएको बताएका हुन् ।
उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन् ।
पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमसीसीबारे पार्टीभित्र चुनावपछि छलफल हुने र यो बैठकबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने घोषणा समेत गरे । ‘ आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला’, प्रचण्डले भने ।
दाहालले भने ‘एमसीसी पारित गरेको भन्दै अरू पार्टीमा गएको देखेँ, फेरि उहाँहरू गए कहाँ भन्दा एमालेमा, बरु जानु नि किरण, विप्लव, मोहन विक्रममा जस्ता पार्टीमा गएको सुहाउँथ्यो,’ उनले भने, ‘अझ संसदमा सबैभन्दा बढी प्रेम सुवाल जीले विरोध गर्नु भयो, त्यहाँ गएको भए त विरोध गरेको पनि अर्थ हुन्थ्यो ।’
सभामुखले संविधानअनुसार आफ्नो भूमिका खेल्दा पनि परिवर्तन विरोधी भूमिकामा रहेको एमालेले बखेडा झिकिरहेको आरोप प्रचण्डले लगाए ।
उनले सबै पार्टीहरू चुनाव परिणाम आफ्नो पक्षमा पार्ने पक्षमा भएको बताउँदै गठबन्धनलाई पनि कायम राख्ने बताए । उनले भने, ‘गठबन्धन हुन्छ, चुनाव जितिन्छ भन्ने कुरा सही नहुन सक्छ, त्यसैले सबैले आफ्नो पक्षबाट अगाडि बढ्ने हो ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस