निर्माण व्यवसायी अनुप पाण्डे पक्राउ, के हाे घटना ?
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण शनिबार, २०७८ | १५:१२:०० मा प्रकाशित
काठमाडाैं । दाङका निर्माण व्यवसायी अनुप पाण्डे काठमाडौंबाट पक्राउ परेका छन् ।
डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको काँडाघारीबाट शनिबार पक्राउ गरेको हो ।
उनीविरुद्ध विभिन्न व्यक्तिले झण्डै ६ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए ।
पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।
घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
पीडितमध्ये १६ जनाले जिल्ला प्रशासन कार्यालयमा र एक जनाले जिल्ला प्रहरी कार्यालयमा पाण्डेविरूद्ध ठगी मुद्दा दिएका छन् ।
के हाे घटना ?
पाण्डे तुलसीपुर-घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा लिएका ठेकेदार हुन् ।
पाण्डेविरूद्ध घोराही उपमहानगरपालिका-१५ भरतपुरका व्यवसायी तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गेहेन्द्र बस्नेत एक्लैले १ करोड ४४ लाख ठगी गरेको भन्दै गत माघमा जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएका थिए ।
आफ्ना छोराविरूद्ध उजुरी परेपछि नेकपा एमालेका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर समेत रहेका घनश्याम पाण्डेले बस्नेत लगायतसँग छलफल गर्दै आएका थिए । उनले विभिन्न चरणमा छलफल गरेर विवाद साम्य पार्न खोजेपनि रकम नपाएपछि बस्नेतले अनुपले दिएको चेकको प्रमाण पनि प्रहरीलाई बुझाएका छन् ।
यसअघि उनका समाचारहरू प्रकाशित भएपछि अनुपले विज्ञप्ति जारी गर्दै आफ्नो बचाउ गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस