महिलाकाे हत्या गर्ने दुई जना पक्राउ
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शुक्रबार, २०७८ | १२:२८:०० मा प्रकाशित

काठमाडाैं । महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी भई हाल भक्तपुर नागपोखरी बस्ने २८ वर्षीया जेनिशा नगरकोटीको हत्या अभियोगमा बुधबार दुई जनालाई पक्राउ प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भन्ने कुमार लामा र भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ चौवास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेका छन् ।
चाँगुनारायण नगरपालिका–७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा गत सोमबार जेनिशा नगरकोटीको शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस