अर्थतन्त्र सबल बनाउन कृषि, पर्यटन र उर्जाको क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थमन्त्री शर्मा
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शुक्रबार, २०७८ | ०६:०१:०० मा प्रकाशित

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुदृढ बनाउन कृषि, पर्यटन र उर्जाको क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
१७ औं लेखनाथ महोत्सवको विहीबार कास्कीको लेखनाथमा उद्घाटन गर्दै, मन्त्री शर्माले आयातलाई प्रतिस्थापन गर्न कृर्षिमा आत्मनिर्भर, पर्यटनको प्रर्वद्धन र विकास एवं उर्जाको खपत बढाउनुपर्नेमा जोड दिए । कोरनाका कारण संकटमा परेको अर्थतन्त्रलाई वलियो बनाउन यस प्रकारका मेला महोत्सवले सहयोग पु¥याउने भएकाले यहाँ भएका कला र संस्कृितको माध्यमबाट पर्यटन पुर्वाधारको विकास गराउने तर्फ अग्रसर हुन समेत आग्रह गरे।
मन्त्री शर्माले खाद्यान्नदेखि विलासिताका बस्तुहरुको आयातमा मुलुकको ठूलो आर्थिक हिस्सा खर्चनु पर्दा विदेशी मुद्राको संचिती घटेको उल्लेख गर्दै, परनिर्भरता बढ्दै गएको बताए ।
उनले निजी क्षेत्र सरकारको ७० प्रतिशतको साझेदार भएको उल्लेख गर्दै, आत्मनिर्भर हुने परियोजनामा राज्यले छुटको व्यवस्था समेत गरेको वताए ।
मन्त्री शर्माले पोखरा देखी काठमाडाैंसम्मको यात्रालाई दुई घण्टामा व्यवस्थापन गर्ने गरी योजना बनाएको उल्लेख गर्दै, अहिलेको सडक विस्तार योजनामा भएका त्रुटीलाई सुधार गरेर अघि बढ्ने बताए ।
मन्त्री शर्माले कोभिड र रुस एंवम् युक्रेनको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा समेत प्रभाव परेको उल्लेख गर्दै, राज्यले त्यसमा सुधार हुने गरी नीतिगत निर्णय गरेर अघि बढ्ने बताए । रेमिट्यान्स घट्दा र गैरकानुनी तरिकाले हाइफर फण्ड, क्रिप्टोकरेन्सी लगायतका क्षेत्रमा लगानी हुँदा समेत अर्थतन्त्रमा समस्या परेको बताए ।
कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं संघीय सांसद खगराज अधिकारीले विश्वव्यापी कोभिडको प्रभावले शिथिल भएको अर्थतन्त्रमा व्यापार मेलाहरुले विस्तारै गतिलिने बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यको पूँजिगत खर्च गर्ने पद्दती नमिलेको बताए । उनले तीन तहका सरकारका विचमा समन्वय नभएको, विकास आयोजनाको खर्च समयमा नहुँदा बजारमा तरलताको अवस्था आएको बताए ।
पूर्वमन्त्री एवं नेपाली काग्रेसका नेता यज्ञवहादुर थापाले लेखनाथका व्यवसायीहरुमा राजनितिक मनमुटाव नभई एकताका कारणले मेला महोत्सव सफल हुँदै आएको बताए ।
संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षमा भएको कार्यक्रममा नेपाली काग्रेसका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोर बराल, नेकपा माओवादी केन्द्र कास्कीका नेता बखान सिंह तमु, नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराम पोखरेल, इकोप्यानलका सुवोध त्रिपाठी लगायतले महोत्सवका सम्वन्धमा धारणा व्यक्त गरेका थिए । कार्यक्रमको संचालन महासचिव उपेन्द्र सुवेदी राजु र नेत्रपाणी वास्तोलाले गरेका थिए । महोत्सव चैत्र ७ गतेसम्म संचालन हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कर्णाली प्रदेशमा अहिले पनि चार लाख पाँच हजार निरक्षर
- रघुगङ्गामा दुई चिस्यान गृह निर्माण
- नक्कली भुटानी शरणार्थी प्रकरण : फरार प्रतिवादी महर्जन काठमाडौं जिल्ला अदालतमा हाजिर
- उछालियाे बजार, बढेन कारोबार, यस्तो भयो नेप्से
- नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध सर्वोच्च अदालतमा रिट पेस
- बथनाहादेखि विराटनगरसम्मको कार्गो रेल्वे सेवाको उद्घाटन
- १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने
- ‘आइएमई पे’ मा १४ रूपैयाँमा आइफोन १४ जित्ने मौका
- नेपाल र भारतका प्रतिनिधिमण्डलबीच वार्ता
- मलेसियाविरूद्ध नेपालकाे दाेस्राे जित
प्रतिकृया दिनुहोस