काठमाडाैं । शेयर बजारमा साताको कारोबारको अन्तिम दिन विहीबार दोहोरो अंकको वृद्धि भएकाे छ । आज नेप्से ५२.२१ अंकले बढेर दुई हजार ५ सय ६६ दशमलब ७९ विन्दुमा थामिएकाे हो । आज २ अर्ब ७९ करोड २९ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएकाे छ । बुधबार २ अर्ब ३५ करोड २३ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १८६ वटा कम्पनी बढेका छन् भने ५ वटा कम्पनी घटेका छन् । यसमध्ये आधा दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा इमर्जिङ नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेर प्रतिकित्ता ३४१.५० रुपैयाँ पुगेको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस