आंशिक प्राध्यापक र त्रिवि आयोगबीच चार बुँदे सहमति, ताला खुल्ने
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण बुधबार, २०७८ | १९:५६:०० मा प्रकाशित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समिति र त्रिवि सेवा आयोगबीच चार बुँदे सहमति भएकाे छ ।
सहमतिसँगै आंशिक प्राध्यापकहरु सेवा आयोगमा लगाएको ताला खोल्न सहमत भएका छन् ।
बुधबार विश्वविद्यालयको वार्ता टोलीसँगको छलफलपछि उनीहरु त्रिवि सेवा आयोगमा लगाएको ताला खोल्न सहमत भएका हुन् ।
त्रिवि र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच भएको चार बुँदे सहमतिको चौथो बुँदामा सेवा आयोगमा गरिएको तालाबन्दी, धर्नालगायतका विरोधका कार्यक्रम फिर्ता लिने उल्लेख छ ।
आंशिक प्राध्यापकलाई विशेष व्यवस्था गरी करार र स्थायी गर्नुपर्ने माग राख्दै आंशिक प्राध्यापकहरुले त्रिवि सेवा आयोगमा तालाबन्दी गरेका थिए । तर उनीहरु पनि खुला प्रतिस्पर्धाबाट प्राध्यापक छनोटका लागि सहमत भएका छन् ।
त्रिवि सेवा आयोगले शिक्षकहरुको स्थायी र पदन्नोतिका लागि लिने आगामी परीक्षाको पाठ्यक्रम तथा मूल्यांकन परिमार्जन गर्न स्वतन्त्र विज्ञ समूह गठन गर्ने सहमति भएको छ । यस्तो विज्ञ समिति १५ दिनभित्र गठन गर्न त्रिवि सेवा अयोगलाई अनुरोध गर्ने त्रिवि र आंशिक प्राध्यापकबीच सहमति भएको छ ।
त्यस्तै त्रिवि सेवा आयोगले चैत महिनामा सञ्चालन गर्ने उपप्राध्यापक पदको परीक्षा पनि पछि सार्ने सहमति भएको छ । सहमति अनुसार ३० वैशाख २०७९ को स्थानीय चुनावअघि प्राविधिक विषयको परीक्षा र चुनावपछि अन्य विषयको परीक्षा सञ्चालन गरी त्रिवि सेवा आयोगले पुनः परीक्षा तालिका प्रकाशन गर्नुपर्ने भएको छ ।
चार बुँदे सहमति पत्र

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस