शेयर बजारकाे ओरालो यात्रा कायमै, २ अर्ब ३५ करोडमाथिकाे काराेबार
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण बुधबार, २०७८ | १५:२०:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजारमा साताको कारोबारको चौथो दिन बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३०.२९ अंकले घटेर दुई हजार ५ सय १४ दशमलब ६५ विन्दुमा थामिएकाे छ । आज २ अर्ब ३५ करोड २३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १७१ वटा कम्पनी घटेका छन् भने १९ वटा कम्पनी बढेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा माउन्टेन इनर्जी नेपाल रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ८ प्रतिशतले बढेर प्रतिकित्ता ११३५ रुपैयाँ पुगेको छ ।
आज विशाल बजार कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभुमी नेपाल हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कमपनीकोे भएको छ । यस कम्पनीको आज १० करोड ५२ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस