सिरक डसना बनाउने टहरामा आगो लाग्दा ३४ लाख बराबरकाे क्षति
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण बुधबार, २०७८ | ०६:२५:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको चाबहिल सरस्वतीनगरस्थित एक सिरक डसना बनाउने टहरामा आगो लाग्दा ३४ लाख बराबरकाे क्षति भएकाे प्रारम्भिक अनुमान छ ।
भारतको मोतिहारी घर भइ हाल काठमाडौंको सरस्वतीनगर बस्दै आएका ४५ वर्षीय रहिम मन्सुरीको टहरामा मंगलबार बेलुकी ७:४५ बजेतिर आगो लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
टहराबाट सल्केको आगोले वरिपरिका केही घरमा पनि क्षति पुर्याएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुले ४ वटा दमकलको प्रयोगबाट २ घण्टामै आगो नियन्त्रणमा लिएका छन् ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १२५ जना, नेपाली सेनाबाट ३७ जना र सशस्त्र प्रहरीबाट ९ जना सुरक्षाकर्मी परिचालित भएका थिए। ४ वटा दमकल (जुद्ध बारुणयन्त्र काठमाडौंबाट २, भक्तपुरबाट १ र ललितपुरबाट १) को सहायतामा ९:१५ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगोले सिरक डसना बनाउने टहरा र सँगै रहेको दिनेश श्रेष्ठको ५ तल्ले घर समेतमा क्षति पुर्याएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट अन्दाजी ३४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भइ आगो लागेको देखिएको प्रहरीले जानकारी दिएको छ। घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त वौद्धले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस