सिरक डसना बनाउने टहरामा आगो लाग्दा ३४ लाख बराबरकाे क्षति
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण बुधबार, २०७८ | ०६:२५:०० मा प्रकाशित
काठमाडौं । काठमाडौंको चाबहिल सरस्वतीनगरस्थित एक सिरक डसना बनाउने टहरामा आगो लाग्दा ३४ लाख बराबरकाे क्षति भएकाे प्रारम्भिक अनुमान छ ।
भारतको मोतिहारी घर भइ हाल काठमाडौंको सरस्वतीनगर बस्दै आएका ४५ वर्षीय रहिम मन्सुरीको टहरामा मंगलबार बेलुकी ७:४५ बजेतिर आगो लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
टहराबाट सल्केको आगोले वरिपरिका केही घरमा पनि क्षति पुर्याएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुले ४ वटा दमकलको प्रयोगबाट २ घण्टामै आगो नियन्त्रणमा लिएका छन् ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १२५ जना, नेपाली सेनाबाट ३७ जना र सशस्त्र प्रहरीबाट ९ जना सुरक्षाकर्मी परिचालित भएका थिए। ४ वटा दमकल (जुद्ध बारुणयन्त्र काठमाडौंबाट २, भक्तपुरबाट १ र ललितपुरबाट १) को सहायतामा ९:१५ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगोले सिरक डसना बनाउने टहरा र सँगै रहेको दिनेश श्रेष्ठको ५ तल्ले घर समेतमा क्षति पुर्याएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट अन्दाजी ३४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भइ आगो लागेको देखिएको प्रहरीले जानकारी दिएको छ। घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त वौद्धले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस