अर्थतन्त्र

नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड

काठमाडाैं । नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँड हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन् ।

जसमा ७७ हजारले मात्र शेयर पाउने छन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।

नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आइएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएको थियो । सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएको थियो ।

गाउँ सहर संवाददाता