अवैध भरुवा बन्दुक र गोलीसहित एक जना पक्राउ
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | १०:५०:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले अवैध भरुवा बन्दुक र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । रौतहटमा अवैध भरुवा बन्दुक र गोलीसहित एक जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६ का इन्द्र बहादुर आले मगर छन् । उनको साथबाट भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल १ थान, त्यसमा लाग्ने गोली ३ थान र ३० वटा छर्रा बरामद गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको गस्ती टोलीले चन्द्रपुर ६ स्थित हातेमालो सामुदायिक बन क्षेत्रको बाटोमा चेकजाँचको क्रममा आइतबार इन्द्र बहादुर आले मगरको साथबाट उक्त हातहतियार बरामद गरेको प्रहरीले बताएकाे छ ।
मगरमाथि हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस