फुटबल : मध्यपुरले सामाजिक युवा क्लबलाई हरायाे
- गाउँ सहर संवाददाता
- २० फाल्गुण शुक्रबार, २०७८ | १७:५७:०० मा प्रकाशित

काठमाडौं । सहिद स्मारक बी डिभिजन अन्तर्गत मध्यपुर युथ एसोसियसनले विजयी सुरुआत गरेको छ । एन्फा कम्पलेक्समा शुक्रबार भएको खेलमा मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
मध्यपुरका लागि सञ्जीब थापा मगरले दुई गोल गर्दा सन्नी लामा, धिरज श्रेष्ठ र जेनिश प्रजापतिले एक–एक गोल गरे ।
सामाजिक युवाका लागि विकास दर्जी र बसन्त बहादुर रानाले एक–एक गोल गरे ।
खेलको चौथो मिनेटमा सन्नी लामाले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए ।
सञ्जीबले खेलको आठौं मिनेटमा मध्यपुरको अग्रता दोब्बर बनाएका थिए ।
तर सामाजिक युवाका लागि विकास दर्जीले १६ औं मिनेट तथा बसन्त बहादुर २१ औं मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।
सञ्जीबले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मध्यपुरलाई पुन अग्रता दिलाउदा धिरजले ५४ औं मिनेट तथा जेनिशले ७४ औं मिनेटमा गोल गर्दै मध्यपुरको जित सुनश्चित गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस