मानव मृर्गौला बेचबिखनमा संलग्न एक जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २० फाल्गुण शुक्रबार, २०७८ | १२:२८:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । मिर्गौला झिकेर बेच्ने उद्देश्यले आर्थिक प्रलोभनमा पारेर दुई जनालाई काठमाडौँ महानगरपालिका १६ माछापोखरीस्थित न्यू दक्षिणकाली होटलमा ल्याएर राखेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
बालाजुस्थित महानगरीय प्रहरी वृत्तको टोलीले मकवानपुर हेटौँडाका मोती लामालाई बुधबार पक्राउ गरेको जानकारी दिएकाे छ । एउटा मिर्गौला झिक्दा खासै फरक नपर्ने आठ लाख कमाई हुने भन्दै दुई जनालाई ललाइफकाइ माछापोखरीको होटलमा ल्याएर राखेको अवस्थामा लामालाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
प्रहरीले भारत लैजान ठिक पारिएका उनीहरूलाई उद्धार गरेको थियो । पक्राउ परेका लामालाई मानव बेचबिखन तथा ओसारपसार उद्योगमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
प्रतिकृया दिनुहोस