गाउँ सहर

राेजगार : नेपाल बैंकमा २५० भन्दा बढी संख्याकाे लागि आवेदन माग

काठमाडौं । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले रिक्त रहेका सहायक प्रबन्धक तथा सहायक तहका लागि आवेदन माग गरी विज्ञापन खुलाएको हो ।  बैंकले केन्द्रीय कार्यालय र प्रदेशगत कार्यालयका लागि आवेदन मागेको हो । 

लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको स्थानमा आवेदन मागेको हो । रिक्त रहेको २५० भन्दा बढी संख्यामा आवेदन मागेको हो । 

इच्छुक र योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।


 

गाउँ सहर संवाददाता