नेपालसहित १४१ मुलुकद्वारा युक्रेनको पक्षमा मतदान
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बिहीबार, २०७८ | १२:०५:०० मा प्रकाशित

काठमाडाैं । संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गरेको छ ।
न्यूयोेर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधबार राती भएको मतदानमा नेपालले प्रस्तावको पक्षमा मतदान गर्दा दुई छिमेकी मुलुकहरू भारत र चीन भने मतदानमै सहभागी भएनन् ।
उक्त प्रस्तावमा नेपाल र अमेरिकासहित विश्वभरका १४१ मुलुकहरूले पक्षमा मतदान गरेका छन् । विपक्षमा पाँच देशले मतदान गरेका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार भारत र चीनसहित ३५ मुलुकहरूले प्रस्तावको पक्ष र विपक्ष दुवैमा भोट गरेनन् । यूएनमा १९३ सदस्य मुलुकहरू छन् ।
प्रस्तावमा ‘राष्ट्रसंघको बडापत्रको धारा २ (४) को उल्लंघन गर्दै युक्रेनविरुद्ध रुसी संघले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्दछ’ भन्ने उल्लेख छ ।
प्रस्तावमा ‘रूसी महासंघले युक्रेनविरुद्धको बल प्रयोग तुरुन्तै बन्द गर्न र कुनै पनि सदस्य राष्ट्रविरुद्ध कुनै पनि गैरकानुनी धम्की वा बल प्रयोग नगर्न’ माग गरेको छ ।यसअघि राष्ट्रसंघीय मानवअधिकार परिषद्मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषद्मा ४७ देश सदस्य छन् । यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्मा पनि भारत र चीन तटस्थ बसेका थिए । तर, सुरक्षा परिषद्मा नेपाल छैन । सुरक्षा परिषद्मा १५ सदस्य राष्ट्र छन् ।
राष्ट्रसंघले गत आइतबार युक्रेनमा रुसको सैन्य कारबाहीका लागि १९३ सदस्यीय संयुक्त राष्ट्र महासभाको ‘दुर्लभ आपत्कालीन विशेष’ सत्र बोलाउन मतदान गरेको थियो । उक्त अवसरमा पनि नेपालले पक्षमा मतदान गरेको थियो । भारत र चीनले भने त्यस बेला पनि भोट हालेका थिएनन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस