आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा निशूल्क टिकटकाे अफर
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण बुधबार, २०७८ | १७:०६:०० मा प्रकाशित

काठमाडौं । आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फाल्गुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्र मार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निशूल्क उडान टिकट पाउनु हुनेछ ।
हरेक वर्ष हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढिरहेको देखिन्छ । यात्रुहरूलाई सुलभ एवम् सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आइएमई पे र यती एयरलाइन्सवीच यो समझदारी बनेको हो । निशूल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थानहरू रहेका छन् । यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास लिइएको जनाएकाे छ ।
आइएमई पे मोबाईल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागि हुन पाउनु हुनेछ । सो अफर सिमित अवधिको लागि मात्र चल्ने छ । अफर अवधि भरी ४ जना भाग्यशाली बिजेताहरु छानिनेछन्, जस मध्ये हरेक बिजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली बिजेताहरुले उल्लेखित गन्तब्य मध्ये एउटा रोज्न पाउने आइएमई पेले जानकारी दिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस