वातावरण

आजकाे माैसम : हल्का वर्षाको सम्भावना

 

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

 

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । अरू भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नम्बर–१ तथा गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली तथा अरू भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

गाउँ सहर संवाददाता