शिवरात्रीमा चिटिक्क पशुपति : भित्तामा काेरिएकाे भगवानका चित्रले थप्याे राैनक (फाेटाेफिचर)
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण शनिबार, २०७८ | १९:२९:०० मा प्रकाशित
काठमाडाैं । आउँदो मंगलबार महाशिवरात्रि मनाइँदै छ । पशुपति क्षेत्रमा साधुसन्तको आगमन हुन थालिसकेको छ भने भित्तामा भगवान्का चित्र बनाएर आकर्षकरुपमा सजाइएकाे छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएपछि शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्र बनाइएकाे छ ।
.jpg)
पशुपति क्षेत्रमा रहेका सम्पूर्ण पर्खालमा भगवान् शिव, पार्वती, गणेशलगायत विभिन्न देवीदेवताका चित्रसहितका 'वाल पेन्टिङ' गरेर सजाएकाे छ ।
पशुपति क्षेत्रमा अहिले बाबाहरूको चहलपहल सुरू भएको छ । विगतका वर्षहरू जस्तै यसवर्ष पनि पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरू आउने क्रम सुरू भएसँगै महाशिवरात्रिको रौनक बढेको हो ।
.jpg)
पशुपति क्षेत्रमा साधुसन्तको आगमन हुन थालिसकेको छ। पशुपति क्षेत्रका विभिन्न स्थानमा साधुसन्तका समूह बसेको देखिन्छ। हंसमण्डप क्षेत्रमा आगन्तुक साधुसन्तका लागि भोजनको व्यवस्था गरिएको छ ।
.jpg)
पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको कार्यक्रममा महाशिवरात्रि पर्व व्यवस्थापनका लागि तीव्र गतिमा तयारीका काम भइरहेको जानकारी गराइएको छ । पर्व व्यवस्थापनका लागि कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा २५१ सदस्यीय मूल समिति गठन गरिएको जानकारी गराइएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
(1).jpg)
तस्बिर- गाउँसहर
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्रतिकृया दिनुहोस