स्वास्थ्य

भारतमा पछिल्लाे २४ घण्टामा १३ हजार काेराेना सङ्क्रमित थपिए

काठमाडाैं । पछिल्लाे २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि संघीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २८ लाख ९४ हजार २३५ जना सङ्क्रमित भएको त्यहाँकाे मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने एक लाख ३४ हजार २३५ रहेको छ । त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या भने पाँच लाख १३ हजार २२६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये चार करोड २२ लाख ४६ हजार ८८४ जना सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये २६ हजार ९८८ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन ।  

गाउँ सहर संवाददाता

तपाईँको मत