राजनीति

सरकारकाे आग्रहमा पुन : प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैं । प्रतिनिधिसभा बैठक पुन : सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिएकी छन् ।

बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

गाउँ सहर संवाददाता