मालपोत कार्यालय चावहिलका खरिदारसहित तीन जना अख्तियारकाे नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- १३ फाल्गुण शुक्रबार, २०७८ | १२:१५:०० मा प्रकाशित
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदारसहित तीन जनालाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियाराले मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई घुससहित नियन्त्रणमा लिएको हाे । आयोगले बस्नेतसहित तीन जनालाई बिहिबार एक लाख ३५ हजार घुस सहित नियन्त्रणमा लिएको जनाएकाे छ ।
खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस/रिसवत बापत एक लाख ३५ हजार माग गरिरहेको भन्ने सूचना परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा निज खरिदार लक्ष्मण बस्नेतसहित होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ समेतलाई सेवाग्राहीबाट उक्त रकम घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–७ चावहिल स्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट उक्त रकमसहित नियन्त्रणमा लिएकाे जानकारी दिएकाे छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस