शेयर बजारमा उच्च अंककाे गिरावट, काराेबार रकम भने बढ्याे
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | १५:२४:०० मा प्रकाशित

काठमाडाैं । शेयर बजारमा साताको कारोबारको अन्तिम दिन बिहिबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से ५८.९९ अंकले घटेर दुई हजार ६ सय ६१ दशमलब ४४ विन्दुमा रोकिएको नेप्सेले जनाएकाे छ । बुधबार नेप्से १५.५० अंकले बढेर दुई हजार सात सय २० दशमलब ४३ विन्दुमा रोकिएको थियो ।
आज शेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज ४ अर्ब २९ करोड ३८ लाख बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब १३ करोड १२ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.९१ प्रतिशतले बढेर प्रतिकित्ता ७६५ रुपैयाँ पुगेको छ ।
आज चार कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा न्यादी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, नयाँ सारथी लघुवित्त, सिद्धार्थ इन्स्यारेन्स कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्य पाँच प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको भएको छ ।
आज यस कम्पनीको २६ करोड ९७ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस