एमसीसीका विषयमा प्रधानमन्त्री देउवा र दाहालबीच कुरा मिलेन
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | १२:५५:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचकाे छलफल विना निष्कर्ष टुंगिएकाे छ ।
एमसीसीको संसदीय प्रक्रिया तत्कालका लागि रोक्न दाहालले गरेको आग्रहलाई प्रधानमन्त्री देउवाले स्वीकार्न नसकिने बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल बिहीबार बिहान प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । भेटमा दाहालले तत्कालका लागि एमसीसीको संसदीय प्रक्रिया रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
दाहालको सचिवालयका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई एमसीसी निर्णय प्रकिया तत्कालका लागि रोक्न आग्रह गरेका थिए । 'अध्यक्षले प्रधानमन्त्रीलाई एमसीसी निर्णय प्रकिया रोक्न आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले भोट हाल्ने भए हाल्नु । एमसीसी अनुमोदनको प्रक्रिया रोकिँदैन ।' अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीचको कुराकानी उदृत गर्दै सचिवालयका एक सदस्यले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अगाडि बढाउने पक्षमा छन् । प्रधानमन्त्रीले भेटमा दाहालमार्फत सत्ता गठबन्धनमा समेत एमसीसीका पक्षमा भोट हाल्न आग्रह गरेका थिए । माओवादी भने आफ्नो अडानमा यथावत भइ पूर्ववत् निर्णयमै रही एमसीसीको विपक्षमा रहने दाहालको सचिवालयले बताएको छ ।
आजै संसद्मा एमसीसीमाथि छलफल हुँदैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस