राजनीति
गृहमन्त्री खाँण बालकाेटमा ओली भेटेर फर्किए, यी विषयमा भयाे छलफल
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण बुधबार, २०७८ | ११:०६:०० मा प्रकाशित
काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला बुधबार बिहान गृहमन्त्री खाँण ओली निवास बालकोट पुगेका हुन् ।
मंगलबार साँझमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूलाई भेट्न ओलीसँगै अरू एमाले नेताहरू बालुवाटार पुगेका थिए ।
एमाले र कांग्रेसबीच संसदमा टेबल भएको अमेरिकी सहयोग सम्झौता एमसिसी पारित गर्ने विषयमा सघन छलफल भइरहेको छ ।
बालकोटमा ओली र गृहमन्त्री खाणबीच एमसिसीकै विषयमा छलफल भएको स्रोतले जानकारी दिएकाे छ ।
ओली र खाणबीच आधा घण्टा कुराकानी भएको थियो । उनी अहिले बालकोटबाट फर्किसकेका छन् ।
एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस