राजनीति
गृहमन्त्री खाँण बालकाेटमा ओली भेटेर फर्किए, यी विषयमा भयाे छलफल
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण बुधबार, २०७८ | ११:०६:०० मा प्रकाशित

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला बुधबार बिहान गृहमन्त्री खाँण ओली निवास बालकोट पुगेका हुन् ।
मंगलबार साँझमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूलाई भेट्न ओलीसँगै अरू एमाले नेताहरू बालुवाटार पुगेका थिए ।
एमाले र कांग्रेसबीच संसदमा टेबल भएको अमेरिकी सहयोग सम्झौता एमसिसी पारित गर्ने विषयमा सघन छलफल भइरहेको छ ।
बालकोटमा ओली र गृहमन्त्री खाणबीच एमसिसीकै विषयमा छलफल भएको स्रोतले जानकारी दिएकाे छ ।
ओली र खाणबीच आधा घण्टा कुराकानी भएको थियो । उनी अहिले बालकोटबाट फर्किसकेका छन् ।
एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस