दाहाल र वैद्यबीच खुमलटारमा भेटवार्ता जारी
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | १०:३९:०० मा प्रकाशित
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’बीच भेट वार्ता भएको छ । दाहाललाई भेट्न अध्यक्ष किरण दाहाल निवास खुमलटार पुगेका हुन् ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेज गर्न माग गर्दै सडक आन्दोलनमा रहेका मोहन वैद्यले सत्ता गठबन्धन दलका शीर्ष नेता प्रचण्डसँग भेट वार्ता गरेका छन् ।
दाहालले समेत अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने भन्दै सत्ता गठबन्धन बैठकमा आफ्नो मत राख्दै आएका छन् । एमसीसीका विषयमा वार्ता गर्न भएको दुवै नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पछिल्लो समय सार्वजनिक मञ्चमा प्रचण्डले माओवादी घटक दलहरू एकताबद्ध हुन आवश्यक रहेको बताउँदै गर्दा मोहन वैद्यसँगको भेटले नयाँ मोड लिएको छ । दुई नेताबीच वार्ता जारी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस